मधेस प्रदेश : झन्डै ६६ लाख बराबरको भन्सार छलीको बदाम बरामद

मिति: २०२४-१०-२२ , समय : ०८:२६:३६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका बदाम बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा भन्सार छली ल्याउँदै गरेको मालवाहक ट्रकसहित हाडे बदाम (अल्मन्डस) बरामद गरेको जनाएको छ ।प्रहरीको विशेष टोलीले वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको मालवाहक ट्रकबाट ६६ लाख २४ हजार ३४ रुपैयाँ बराबरको हाडे बदाम बरामद गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार परवानीपुर चोकबाट प्रहरीले मधेस प्रदेशको ०३००१ ख ७६७३ नम्बरको ट्रकबाट विल विजक भन्दा बढीको ‘अल्मन्डस’ नियन्त्रणमा लिएको थियो । वास्तविक कागजात नभेटिएपछि थप अनुसन्धानको लागि ट्रकसहित हाडे बदाम प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद बदामसहितको ट्रक थप कारबाहीका लागि पथलैया राजश्व कार्यालय पठाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-१०-२२ , समय : ०८:२६:३६ , 8 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित