मधेस प्रदेश : ठगी आरोपमा मलेसियन नागरिकसहित ४ जना पक्राउ

मिति: २०२४-१०-२९ , समय : ०८:१९:४३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा मधेस प्रदेशको सिरहा प्रहरीले एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मलेसियन नागरिक वर्ष ५१ का मोहम्मद रिजुआन बिन अब्दुल्लाह छन् । यस्तै सिरहाको लहान नगरपालिका- २३ बस्ने वर्ष ४२ का रामाशंकर यादव र वर्ष २५ का रामभरत यादव, वर्ष ३९ का सूर्यनारायण यादव रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।डीएसपी पासवानका अनुसार उनीहरूले सरकारबाट अनुमति नलिई कात्तिक १० गते साँझ साढे ७ बजे लहान नगरपालिका- ४ मा रहेको गोधुली होटलमा नेपाली नागरिकलाई कतार पठाइदिन्छु भनी अन्तर्वाता लिई रकम उठाएका थिए ।इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धानमा हिरासतमा राख्न जिल्ला अदालत सिरहाबाट अनुमति लिएको छ ।

प्रकाशित मिति: २०२४-१०-२९ , समय : ०८:१९:४३ , 8 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित