कोशी प्रदेश : झन्डै १० लाख नगदसहित १० जना जुवाडे पक्राउ
मिति: २०२४-११-०४ , समय : ०८:२३:४८ , गामघर डेस्क
मिति: २०२४-११-०४ , समय : ०८:२३:४८ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरको एक पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा शुक्रबार राति प्रहरीले विराटनगर महानगरपालिका-११ स्थितमा संगम पार्टी प्यालेसबाट उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा मोरङको विराटनगर महानगरपालिका-११ बस्ने वर्ष ६१ का राजन कडेल, वर्ष ४१ का टुनटुन शर्मा, वर्ष ५७ का पशुपति भगत, वर्ष ४७ का सुरेन्द्र ठाकुर र वर्ष ५०का विरेन्द्र साह रहेका छन् ।
त्यस्तै पाटी प्यालेसका संचालक वर्ष ५९ का पदम श्रेष्ठसहित सोही ठाउका ध्रुव सिग्देल, मनिराज प्रसाई, बाबुराम कटेल र लिला सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रकाशित मिति: २०२४-११-०४ , समय : ०८:२३:४८ , 6 months अगाडि