मावि नकटी रायपुरमा शुभकामना आदान प्रदान तथा शिक्षकहरुको सम्मान कार्यक्रम

मिति: २०२४-११-०४ , समय : २१:०९:४७ , बिन्दु कुमार यादव

तस्बिर : सामाजिक सन्जालबाट

बिन्दु कुमार यादव

राजविराज ।
भूत पुर्व विद्यार्थी मावि नकटी रायपुरको आयोजनामा रुपनी गाउँपालिकामा सोमवार एक समारोह विच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कन्छु नरप्रताप मावि नकटी रायपुर विद्यालयबाट एस. एल.सी. उतिर्ण गरेका पुर्व विद्यार्थीहरुको भेटघाट तथा अवकाश प्राप्त शिक्षकहरुको सम्मान कार्यक्रम सम्पन्न भएको हो । उक्त विद्यालयको प्रअ परशुराम यादवको अध्यक्षता तथा पूर्व प्रअ भागवत यादवको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको छ । आयोजित कार्यक्रममा उक्त विद्यालयको पूर्व प्रअ फुलेश्वर मण्डल ,शिक्षक दुखी लाल यादव, बनारसी साह,बेचन यादव,सेविन दास,हरी यादव लगायतका शिक्षकहरुलाई सम्मान गरिएको कार्यक्रममा अधिकांश वक्ताहरुले विद्यालयमा पढाईको स्तर खस्किदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । हिन्दुहरुकाे महान चाडपर्व दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व प्रधनाध्यापकद्वय भागवत यादव ,फुलेश्वर मण्डलले विद्यार्थीहरुले यस्ता कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दै अगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रअ परशुराम यादव, ईन्जिनियर लोकेन्द्र यादव, राजकुमार यादव, रघुनन्दन यादव, नेकपा माअाेवादी केन्द्रका केन्द्रिय सदस्य अरुण साह, पूर्व वडा अध्यक्ष पिताम्वर यादव, दिलिप कुमार यादव, मावि नकटी रायपुर विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दुर्गान्नद ठाकुर ,युवा पत्रकार विन्दु कुमार यादव ,शिक्षक कृष्ण यादव लगायतका व्यक्तिहरुले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम संचालन उदय यादवले गरेका थिए । आयोजित कार्यक्रममा मावि नकटी रायपुरबाट विभिन्न समयमा एस. एल.सी. उतिर्ण गरेका ईन्जिनियर ,नेता,पत्रकार, वकिल, विद्यालयको प्रअ, शिक्षक,नेता लगायतकाहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२४-११-०४ , समय : २१:०९:४७ , 8 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित