मधेस प्रदेश : झण्डै ११ किलो गाँजासहित दुईजना पक्राउ
मिति: २०२४-११-१७ , समय : ०९:२६:५८ , गामघर डेस्क
मिति: २०२४-११-१७ , समय : ०९:२६:५८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको सर्लाही प्रहरीले ११ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका सागर लामा र सिन्धुलीका दुप्सन थिङ रहेका छन् ।इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायव निरीक्षक अमेन्द्र राय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले बरहथवा नगरपालिका–१६, गंगापुरस्थित बागमती नहरको बाटो हुँदै उत्तरबाट दक्षिणतर्फ गइरहेको बा.प्र.०२–०२१ प २४४४ नम्बरको मोटरसाइकल जाँच गर्दा प्रतिबन्धित लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको सर्लाही जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उनीहरुले बोकेको कालो झोलाबाट ११ किलोग्राम गाँजा बरामद भएको छ । यता पक्राउ परेका दुवै जनालाई सर्लाही जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।
प्रकाशित मिति: २०२४-११-१७ , समय : ०९:२६:५८ , 5 months अगाडि