कोशी प्रदेश : हात्तीको आक्रमणबाट एक जनाको मृत्युु
मिति: २०२४-११-१७ , समय : १२:१६:१२ , गामघर डेस्क
मिति: २०२४-११-१७ , समय : १२:१६:१२ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर ।
कोशी प्रदेशको झापामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । दमक नगरपालिका वडा नम्बर ३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको ज्यान गएको हो ।
बिहान छिमेकी सुविन भटराइको घर हात्तीले भत्काउन थालेपछि धपाउन खोज्दा मीनबहादुर भण्डारीलाई हात्तीले आक्रमण गरेको जिल्ला वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२४-११-१७ , समय : १२:१६:१२ , 5 months अगाडि