जनज्याेती कृषि सहकारीद्वारा नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान

मिति: २०२४-१२-२१ , समय : २०:२०:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजबिराज ।
जनज्याेती कृषि सहकारी संस्था राजबिराज ९ मलेठले एक कार्यक्रमबीच मङ्सिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ सप्तरी शाखाका नव निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई सम्मान गरेकाे छ । शनिवार जिल्लाकाे अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित हाेटल ग्रीन गार्डेनमा आयोजित १३ औ बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष बिश्वनाथ मण्डलले प्रशंसा पत्र ग्रहण गराई सम्मान गरेकाे हाे ।
महासंघका कार्यसमितिका १६ जनालाई नै सम्मान गरेकाे सचिव खगेन्द्र कार्कीले जानकारी दिनुभयाे । उहाँकाे अनुसार, साे समाराेहमा महासंघका अध्यक्ष श्रवण कुमार देव, महिला उपाध्यक्ष सुधा देव, सचिव खगेन्द्र कार्की, सह सचिव कृष्ण कुमार मण्डल, सह सचिव (समावेशी) डम्बर राई, काेषाध्यक्ष नवीन कुमार गुप्ता सहभागी थिए । यस्तै सहभागी हुनेमा सदस्यहरू परिष कुमार कर्ण, बृजमान तामाङ्ग, नर्मदेव यादव, राम नारायण यादव, रक्षा चाैधरी, अरूण कुमार यादव थिए ।

प्रकाशित मिति: २०२४-१२-२१ , समय : २०:२०:३७ , 4 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित