पत्रकार नवीन यादवलाई ज्यान मार्ने धम्की : प्रेस चाैतारीद्वारा कारबाहीको माग
मिति: २०२४-१२-२७ , समय : १०:०६:१२ , गामघर डेस्क
मिति: २०२४-१२-२७ , समय : १०:०६:१२ , गामघर डेस्क
गामघर डेस्क
राजबिराज ।
प्रेस चाैतारी नेपाल सप्तरी शाखाले पत्रकार नवीन कुमार यादवलाई ज्यान मार्ने धम्कीदिने सप्तरीकाे तिलाठी काेइलाडी गाउपालिका वडा न. ६ बस्ने कान्ता भनिने भगवती यादवलाई कारवाहीकाे माँग गरेकाे छ । चाैतारीले प्रेस बिज्ञप्ती जारी गरि कडा भन्दा कडा कारवाहीकाे माँग गरेकाे हाे ।
पत्रकार यादव बिहिबार दिउँसाे समाचार संकलन गर्न साेही वडा स्थित लक्ष्मी बल्लभ नरसिंह माबिमा पुगेकाे समयमा भगवतीले गाली गलाैज गर्दै तैले मेराे समाचार किन लेखिस्? तलाई बाँच्ने मन छैन? भन्दै तलाई माथी पुर्याईदिन्छु लगायत धम्की दिएकाे थियाे । समाचार संकलन गर्न गएका पत्रकारमाथी समाचार लेखेकै बिषयलाई लिएर ज्यानै मारीदिने धम्की दिनु हदैसम्मकाे रवैयापूर्ण दादागिरीकाे बिज्ञप्तीमा निन्दनिय घाेर भर्त्सना गरेकाे छ ।
बिज्ञप्तीमा बिघालयका कार्यालय सहयाेगी पदमा कार्यरत यादवले कर्मचारी आचारसंहितालाई टेकेर शिक्षक, कर्मचारीबीच पत्रकारलाई धम्क्याउन कानुन विपरित कार्य भएकाे उल्लेख छ । साथै यस्ता अपराधीमाथी कानुन बमाेजिम हदैसम्मकाे कारवाहीकाे माँग गर्दै पत्रकारकाे हकहीत र प्रेस स्वतन्त्रताकाे रक्षाका लागि मानव अधिकारकर्मी, नागरिक समाज, बुद्धिजिवी, कर्मचारी संगठन लगायत सम्पूर्णमा बिज्ञप्ती मार्फत अपिल समेत गरेकाे छ ।
प्रकाशित मिति: २०२४-१२-२७ , समय : १०:०६:१२ , 4 months अगाडि