मधेस प्रदेश : डुबेर बेपत्ता भएका एक जना युवकको शव फेला
मिति: २०२५-०२-०५ , समय : १२:४८:५४ , गामघर डेस्क
मिति: २०२५-०२-०५ , समय : १२:४८:५४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशकाे रौतहटको राजदेवी नगरपालिका–६ बाग्मती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । २२ वर्षका सुरज यादव हिजो बेलुका नदीमा डुबेर बेपत्ता भएका थिए ।
मूर्ति सेलाएको ठाउँबाट एक सय मिटर दक्षिण बाग्मती नदीमा डुबेको अवस्थामा सुरजको शव आज बिहान फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२५-०२-०५ , समय : १२:४८:५४ , 3 months अगाडि