मधेस प्रदेश : झन्डै ५६ लाख भन्दा बढीकाे अबैध सामान बरामद

मिति: २०२५-०२-०५ , समय : १६:१५:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको पर्साबाट ठूलो परिणामका अबैध सामान बरामद गरिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको अवस्थामा विभिन्न किसिमका सामान बरामद गरिएको हो ।
बरामद सामानहरु ईलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सुर्ती, चप्पल लगायतका मालबस्तुहरू रहेका छन । उक्त सामानको अन्दाजी रु.५६,४६,४२९।– (छपन्न लाख छयालीस हजार चार सय उन्नतीस) बराबरको रहेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२५-०२-०५ , समय : १६:१५:२३ , 3 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित