सप्तरीको लोहजरा दहमा पर्यटकीय विकासका लागि भ्युटावरको शिलान्यास

मिति: २०२५-०४-०९ , समय : २२:०८:४८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीकाे तिरहुत गाउँपालिका वडा नं. ५ मा अवस्थित लोहजरा दह पर्यटकीय स्थलमा भ्युटावर निर्माणको बुधबार शिलान्यास गरिएको छ।
जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जय कान्त राउत ज्यू र उद्योग तथा पर्यटन मन्त्री सकिल अलीको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको हो।
लोहजरादह पर्यटकीय स्थलको प्राकृतिक सौन्दर्यलाई थप उजागर गर्न र प्रदेश २ मा पर्यटन क्षेत्रको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो परियोजना अगाडि बढाइएको छ। उक्त भ्युटावर निर्माणले पर्यटकहरूलाई क्षेत्रको प्राकृतिक दृश्यहरू अवलोकन गर्न थप अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
यस परियोजनाले स्थानीय आर्थिक गतिविधि तथा रोजगारीका अवसरहरू सिर्जना गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२५-०४-०९ , समय : २२:०८:४८ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित