मधेस प्रदेशका जिल्लाहरुमा स्थानीय प्रहरीकै सेटिङमा खुलेआम तस्करी : तस्करी बढ्दा राजश्व असुलीमा असर

मिति: २०२५-०४-१३ , समय : १५:४५:४५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । मधेस प्रदेशको विभिन्न जिल्लाकाे सिमावर्ति नाकाहरुमा पछिल्लोपटक स्थानीय प्रहरी प्रशासनकाे सेटिङ्गमा खुलेआम तस्करी भइरहेको छ। साेहि क्रममा मधेस प्रदेशको बाराकाे सिम्राैनगढ , गाेलागंज नाकाबाट केही दिन यता व्यापक तस्करी भैरहेको छ । बैरियाबाट भारत अर्गवा घर भएका प्रमाेद यादव र राजु यादव समेतको १० जनाको समूहले मलकाे ठूलो तस्करी गरिरहेका छन् । उनीहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्थानीय प्रमुख निरीक्षकलाई मासिक ५० हजार रूपैयाँर उनीहरूले राखेका घुमुवाहरूलाई ५/५ हजार दिने गरि तस्करीको सेटिङ र संरक्षण गरेको काराेबारीहरू आंफै बताउँछन् ।
यसबाहेक ईटवाल , अमृतगंजमा रहेका तीनवटा अबैध मदिरा भट्टीले प्रहरीलाई मासिक १० हजारको दरल रकम दिएर आफ्नो धन्दा सुचारू गरिरहेका छन् । साथै बेलडारीबाट भारतीय तस्करहरू राजकुमार र अलिशेखले धानको ठूलो तस्करी गरिरहेका छन् । उनीहरूले सिम्राैनगढ स्थित नेपाल प्रहरी र गाेलागंज स्थित सशस्त्र प्रहरी प्रमुख दुबैलाई मिलाएको समेत खुलेको छ । बेलडारीमा ७ वटा अबैध रक्सीका भट्टीहरू समेत रहेका छन् । प्रहरीले प्रत्येक रक्सी भट्टीबाट मासिक १० हजारको दरले रकम लिने गरेको स्थानीय व्यवसायी राजकुमार साहले जानकारी दिए । बिहार घर भएका गड्डुकाे मलको तस्करी धन्दा पनि चलिरहेको छ । यसबाहेक कचर्वा नाकाबाट जितेन्द्र , राजेश , अर्जुन ,बिकेश लगायतका काराेबारीहरूले किराना , हार्डवेयर प्याज , चिनी लगायतका सामान ठूलो मात्रामा तस्करी गरिरहेका छन् । यी काराेवारीहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैलाई मिलाएर काम गरिरहेका छन् । नव जनप्रहारबाट

प्रकाशित मिति: २०२५-०४-१३ , समय : १५:४५:४५ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित