मधेश प्रिमियर लिग : बिहिबारको खेलमा जनकपुर सनराईजर्स र मिथिला वार्यस विजयी
मिति: २०२५-०४-१७ , समय : २०:४६:५८ , गामघर डेस्क
मिति: २०२५-०४-१७ , समय : २०:४६:५८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
मधेश प्रिमियर लिग प्रालिको आयोजना तथा मधेश प्रदेश सरकारको सहयोगमा (Maxtiger MPL)बिहिबारको पहिलो खेलमा जनकपुर सनराईजर्सले छिन्नमस्ता रुपनी मधेश राइडर्सलाई २ विकेटले पराजित गर्दे वीजयी सुरुवात गरेको छ।
सप्तरीको छिन्नमस्ता रुपनी मधेश राइडर्सले पहिले ब्याटिंग गर्दै २० ओभर खेल्दै ९ विकेट को छतिमा ११३ रनको स्कोर खडा गर्न दिपेश दासले २८ रन, अभिशेक कार्की २१, शंकर राना १७,रोहन विक १२, संतोश कार्की ११ बनाउन सफल भएको थियो। साथै बलिंग तर्फ बाट जनकपुर सनराईजर्स को तुल बहादुर मगरले ३ विकेट, विशाल सुशलिंग २ विकेट, विशाल पटेल-१,आरिफ सेख-१, रुपेश यादव-१ विकेट लिएको थियो।
प्रतिउतर जनकपुर सनराईजर्स तर्फबाट विशाल पटेल-३२, अखिल सर्वन-२४, विशाल सुशलिंग-१२, आदिल खान-१२, मयन यादव-१२ रन जोडदै ८विकेट गुमाउदै १५.३ ओभर खेल्दै ११४ रन बनाउनदै २ विकेटले जित हासिल पारेको थियो भन्ने बलिंग तर्फ छिन्नमस्ता रुपनी मधेश राइडर्स को तर्फ बाट दिनेश अधिकारी-२ विकेट, अभिशेक कार्की-२,दिवान पुन-२, हेमन्त धामीले १ विकेट लिन सफल भएको थियो।उक्त म्याचको म्यान अफ द म्याच विशाल कुमार पटेल भएको थियो।
बिहिबारको दोस्रो खेलमा मिथिला वार्यस १४ रनले जित्न सफल भएको थियो।
मिथिला वार्यसले पहिले ब्याटिंग गर्दै २० ओभर खेल्दै ९ विकेट को छतिमा १५८ रनको स्कोर खडा गर्न सुमित महर्जन ५३, रवि साह-३०, दिपेन्द्र सिंह एरीले नट आउट २३, बसन्त खत्री १४रन,बसिर अहम्मद-१० बनाउन सफल भएको थियो। साथै बलिंग तर्फ बाट काठमाण्डौ रोयल्स को अमित श्रेष्ठ-३ विकेट, रामनरेश गिरी-२ विकेट, रुपेश सिंह-१,दिपेश श्रेष्ठ-१. नरेन साउद-१ विकेट लिएको थियो।
प्रतिउतर काछमाणडौ रोयल्स तर्फबाट अर्जुन साउद-३३, अमित श्रेष्ठ-२४, रुपेश सिंह-२४, केशव साउद-१४ रन जोडदै २० ओभर मा ९ विकेट को छतिमा १४४ रन मात्र बनाउन सफल भएको थियो भन्ने बलिंग तर्फ मिथिला वार्यस को तर्फ बाट दिपेन्द्र सिंह एरी-४ विकेट, नन्दन यादव-१ विकेट, बसिर अहम्मद-१ विकेट, बसन्त खत्री-१ विकेट दिनेश लिन सफल भएको थियो।उक्त म्याचको म्यान अफ द म्याच दिपेन्द्र सिंह एरी भएको थियो।
भोलीको कोशी दुहबी क्यापिटल Vs सप्तरी बलान बिहुल विष्णुपुर सुपरकिंगस, दोस्रो खेल जनकपुर सनराईजर्स Vs मिथिला वार्यस बिच हुने एमपीएलका अध्यक्ष ई. संजिव नारायण यादबले जानकारी दिए ।
प्रकाशित मिति: २०२५-०४-१७ , समय : २०:४६:५८ , 1 week अगाडि