सुनसरीबाट झण्डै एक सय ७७ किलो गाँजासहित दुई जना पक्राउ

मिति: २०२५-०४-२६ , समय : ११:१३:४१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सुनसरी । कोशी प्रदेशको सुनसरीको बराहक्षेत्रबाट एक सय ७७ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिर नजिकैबाट सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटाको शहिदभूमि गाउँपालिका–१ छिन्ताङ्ग बस्ने ५७ वर्षीय धनबहादुर राईलाई गाँजासहित पक्राउ गरेको हो ।

झाडीमा लुकाइ राखेको अनि अर्को ठाउँमा लैजान तयारी भइरहेको अवस्थामा गाँजासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट खटिएको सुरक्षा टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई बरामद गाँजासहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०४-२६ , समय : ११:१३:४१ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित