मधेस प्रदेश : पोखरीमा डुबेर सप्तरीका एक बालक सहित दुई जनाको मृत्यु

मिति: २०२५-०४-३० , समय : १२:२४:३४ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीमा पोखरीमा डुबेर सप्तरीका एक बालक सहित दुई जना बालकको मृत्यु भएको छ ।

मनरा सिसवा नगरपालिका १ बस्ने विकेशकुमार सिंहको १२ वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीकाे डाक्नेश्वर नगरपालिका वडा न.९ लखनपट्टी घर भई मावली आएका रुपेश सिंहका ११ वर्षीय छोरा आयुष भन्ने आदित्य सिंहको मृत्यु भएको हो ।

सोमबार साँझ मनरासिश्वामा रहेको महादेव मन्दिरको पोखरीमा नुहाउन गएका बेला दुवैको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

रातिसम्म पनि दुवै बालक घर नफर्किएपछि खोजतलास गर्दै जाँदा पोखरीको मुहारमा दुवै जनाको कपडा र चप्पल राखिएको तथा दुवैको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेका थिए ।

मंगलबार बालकको शवलाई प्रादेशिक अस्पताल जलेश्वरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको जनाएको छ ।

प्रकाशित मिति: २०२५-०४-३० , समय : १२:२४:३४ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित