नीति तथा कार्यक्रम : कक्षा १२ उत्तीर्णले दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने
मिति: २०२५-०५-०३ , समय : ०६:२५:४७ , गामघर डेस्क
मिति: २०२५-०५-०३ , समय : ०६:२५:४७ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । सरकारले कक्षा १२ पास गरेका विद्यार्थीलाई दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने कार्यक्रम सुरु गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्मा आर्थिक वर्ष २०८२।८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो व्यवस्था गर्ने बताएका हुन् ।
उनले स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताए ।अहिले एसईई पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाइने व्यवस्था छ । स्नातकमा ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) तीन र चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालनमा छ ।
प्रकाशित मिति: २०२५-०५-०३ , समय : ०६:२५:४७ , 16 hours अगाडि