मधेस प्रदेश : सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद

मिति: २०२५-०५-०४ , समय : ०८:५६:०२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको सिरहा प्रहरीले गोलबजारबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ । विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले जिल्लाको गोलबजार नगपालिका वडा न.१० अवासनगर डण्डाबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।
केही मानिस बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सुरक्षाकर्मीलाई देखेर बन्दुक फालेर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए । बन्दुक फालेर भागेकाहरूको खोजी भइरहेको डीएसपी पासवानले बताए । सिरहामा वन्यजन्तु सिकार गर्न यो बन्दुक प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: २०२५-०५-०४ , समय : ०८:५६:०२ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्