मधेस प्रदेश : एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

मिति: २०२५-०५-०६ , समय : १५:५९:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशनमा दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ ।अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको हो ।
निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका छन् । धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’ सहितका नेताहरूको धार छ ।
दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन्। शान्तिपूर्ण निर्वाचनका लागि दबाब दिन भन्दै उनीहरू अहिले हलभित्रै धर्नामा बसेका छन् ।

प्रकाशित मिति: २०२५-०५-०६ , समय : १५:५९:३२ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित