मधेस प्रदेश : अबैध लागूऔषध सहित दुई जना युवक पक्राउ
मिति: २०२५-०५-०८ , समय : ०७:०३:५० , गामघर डेस्क
मिति: २०२५-०५-०८ , समय : ०७:०३:५० , गामघर डेस्क
गामघर डेस्क
लहान । मधेस प्रदेशको सिरहाको लहान नगरपालिकाबाट ठुलाे परिणाममा अबैध लागूऔषध सहित दुई जना युवक पक्राउ परेकाे छ । सिरहाको लहान नगरपालिका वडा न.१७ स्थित बलान खाेलाबाट बुधबार बेलुकी दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेहरुमा सिरहाको लहान नगरपालिका वडा न. १५ का २२ बर्षिय सन्ताेष कुमार यादब र वडा न.१६ का जितेन्द्र कुमार यादब रहेकाे सिरहा प्रहरीले जनाएको छ ।उनिहरुले बाेरामा ल्याउदे गरेको झन्डै २ सय ४० बाेतल र लुकाएर राखेको २ सय १३ बाेतल गरि ४ सय ४३ बाेतल अनरेक्स नामक अबैध लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपि एवम् प्रहरी प्रबक्ता बिरेन्द्र कुमार पासवानले जानकारी दिए । यता उनिहरुकाे साथबाट म.प्र .०१-००४प ५९८५ र स.३ प १७२ नम्बरको दुईवटा माेटरसाइकल तथा रेडमि र रियलमि दुईवटा माेबाइल पनि नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रकाशित मिति: २०२५-०५-०८ , समय : ०७:०३:५० , 10 hours अगाडि