वाइसिएल नेपाल सप्तरीकाे अध्यक्षमा योगेन्द्र यादव चयन
मिति: २०२५-०५-१६ , समय : १८:३३:१७ , गामघर डेस्क
मिति: २०२५-०५-१६ , समय : १८:३३:१७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराजस्थित जेसीज भवनमा योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको जिल्ला कमिटी अध्यक्षमा योगेन्द्र (छोटु) यादव चयन हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको शुक्रवार जिल्ला अधिवेशनले यादव अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
जिल्ला कमिटीमा कृष्णानन्द यादव , कृष्णकुमार यादव, रमेश राम, सरोज यादव, निरज यादव,रोहित दास,विजय राम,भोला राम,पप्पु राम, विनोद मेहता,अजय मेहता,राधृश्याम यादव,लालदेव पण्डित लगायत चयन हुनुभएको छ । यस्तै कार्यक्रममा वाइसिएल नेपालको केन्द्रि सदस्य तथा जिल्ला ईन्चार्य सुभाशचन्द्र यादव ,माओवादी केन्द्रका पुर्वप्रदेश कमिटी सदस्य छेदी रजक (विमल), माओवादी केन्द्रका राजविराजनगरपालिका संयोजक फन्नालाल थादव, वाइसिएल नेपालको पुर्व जिल्ला अध्यक्ष विनोद यादव,पत्रकार देवराम यादव, कृष्णानन्द यादव ,कञ्चन ठाकुर,राजेश राम,लगायत पार्टी तथा जनवर्गीय सङ्गठनका विभिन्न तहका नेतृत्वहरूको उपस्थिति रहेको थियो । यही जेठ ४ गते प्रदेस अधिवेशन गर्ने तयारीस्वरूप जिल्ला स्तरीय अधिवेशन सम्पन्न गरेको वाइसिएलका जिल्ला अध्यक्ष यादवले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२५-०५-१६ , समय : १८:३३:१७ , 1 month अगाडि