सप्तरीको हुलाकी लोकमार्गमा सडक निर्माण माग गर्दै स्थानीयहरुद्वारा बाटो अबरुद्ध
मिति: २०२५-०५-१७ , समय : १५:२०:२५ , देबराम यादब
मिति: २०२५-०५-१७ , समय : १५:२०:२५ , देबराम यादब
देबराम यादब
राजविराज । हुलाकी लोकमार्गमा सडक निर्माण ५ वर्ष भन्दा बढी हुँदा पनि नबन्दा सप्तरीको राजविराज नगरपालिका वडा न.२ स्थितमा शनिवार सडक निर्माणको मागं सडक अबरुद्ध गरेका छन । हुलाकी लोकमार्गअन्तर्गत सप्तरीको राजविराज–कञ्चनपुर जोड्ने सडक कालोपत्र नगरी अलपत्र अवस्थामा छोडिदा स्थानियहरुले बाटो अबरुद्ध गरेको हो ।
राजविराज सडक खण्डमा करिब दुई किलोमिटर सडकसमेत कालोपत्रे हुनसकेको छैन । बज्रगुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको यो सडक कालोपत्र नहुँदा सुक्खा याममा धुलो र वर्षातमा हिलोको समस्या भइरहेको स्थानिय शंकर दासले गुनासो गर्नुभयो । राजविराजबाट जिल्लाको पूर्वमा महेन्द्र लोकमार्ग जोड्ने तिरहुत गाउँपालिका, कञ्चरुप नगरपालिका, सप्तकोसी नगरपालिका र उदयपुर जिल्लाको पुर्वी भेकका लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा अवरोध हुने गरेको उहाँले बताउनु भयो ।
यस्तै तिरहुत गाउँपालिका वडा न.५ बुधेवामा पुल निर्माण भए पनि त्यससँग जोडिएको एक किलोमिटर सडक कालोपत्र गर्न ढिलाइ भएको छ । हुलाकी सडक योजनाको निर्माण कम्पनी बज्र गुरुका प्रतिनिधि कुशकुमार उपाध्यायका अनुसार राजविराज नगर क्षेत्र भित्र सिमा विवादको कारण काम गर्न ढिलो भएको बताउनु भयो ।
विवाद रहित क्षेत्रमा सडक निर्माणको काम ७५ प्रतिशत पूरा भइसकेको जानकारी दिनुहुदै उहाँले राजविराज स्थित कोशी पम्प नहरदेखी हनुमानमन्दिर सम्मको सडक निर्माण कार्यको विवादको कारण करिब २ किलोमीटर मात्र सडक निर्माण हुन बाँकी रहेको जानकारी दिनु भयो । उहाँले अहिले नाला निर्माणको काम सम्पन्न भए पछि सडक कालोपत्रेको काम तयारी अबस्थामा रहेको बताउनु भयाे । उहाँले २०७५ सालदेखि प्रारम्भ गरिएको सडक निर्माण कार्य स्थानीयको अवरोध र पुल निर्माण समयमा नभएको कारण सडक निर्माण ५ वर्ष ढिलो भएको सञ्चारकर्मीलाई जानकारी दिनु भयो । उहाँका अनुसार सडक निर्माण आगामी २०८२ जेठ,असार महिनासम्ममा सम्पन्न गर्ने बताउनु भयो । उहाँले राजविराज ३ वडाले काम गर्न अबरोध गरेको कारण निर्माण अबरुध हुन पुगेको बताउनु भयो । उहाँले राजविराज ३ वडाले काम गर्न अबरोध नगरे समय सीमा भित्र निर्माण कार्य सम्पन्न गर्ने बताउनु भयो । राजविराज नगरपालिकाका प्रवक्ता तथा ८ नक्बर वडाध्यक्ष जयनारायण मण्डलका अनुसार ३ वडाले काम गर्न गरेको अबरोधलाई सहमतिबाट समस्याको समाधान गर्ने बताउनु भयो । उहाँले नगर क्षेत्र भित्र करिब २ किलोमीटर सडक निर्माण नहुदा स्थानिय धुल्लो र हिललो भएर आवत जावत गर्न बाध्य छन ।
प्रकाशित मिति: २०२५-०५-१७ , समय : १५:२०:२५ , 1 month अगाडि