मधेस प्रदेश : खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्युु
मिति: २०२५-०५-२१ , समय : ०८:४१:४८ , गामघर डेस्क
मिति: २०२५-०५-२१ , समय : ०८:४१:४८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको धनुषाको कमला नगरपालिका वडा न.२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ ।
कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उहाँकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहकोे डुबेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर हिजो दिउँसो दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले बताउनुभयो ।
हिजो घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो ।
प्रकाशित मिति: २०२५-०५-२१ , समय : ०८:४१:४८ , 4 weeks अगाडि