मधेस प्रदेशको पर्सा जिल्लामा करोडौं कमाउन जान सशस्त्रमा भिडन्त …

मिति: २०२५-०५-२४ , समय : ०७:४२:५७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नेपालका ७७ जिल्ला मध्ये सबैभन्दा राम्रो , आर्कषक , अतिरिक्त कमाई हुने जिल्लाको रूपमा पर्सालाई चिनिन्छ । समन्वय भयो र आंट गर्ने हो भने बार्षिक होइन कि मासिक नै करोडौं रूपैयाँ प्रहरीका एसपीले कमाएका घटना यसअघि पनि धेरै छन् । भारतीय नागाबन्दीको पालामा पर्सामा जतिसक्दो लुटतन्त्र नै चलेको थियो । यसबाहेक निर्वाचनको समयमा पनि त्यही अवस्था थियो । एकाध एसपी बाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एसपीहरूले पर्सामा एक बर्ष कार्यरत रहेर सरूवा हुदा दश करोड सम्म ल्याएको कुराहरू पनि बाहिर नआएको होइन्। त्यसैले पनि छोटो समयमा करोडौं कमाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पर्सा जानका लागि ठूलो आर्थिक चलखेल र राजनीतिक दबाब झेल्नुपर्ने अवस्था रहेको छ ।
अहिले सशस्त्र प्रहरी बलको पर्सामा कार्यरत एसपी राधेश्याम धिमालको समय पुगेको कारण सरूवा हुने अन्तिम तयारी भैरहेको छ । एसपी धिमालको एक बर्ष पुगिसकेको कारण उनको सरूवा हुदैछ । उनको सरूवा हुने भए पछि पर्सामा सरूवा भएर जानका लागि केही एसपीहरू दौडधुपमा लागेपनि मुख्यतः दुईजना एसपीको भने मुख्य प्रतिस्पर्धा र दौडधुप चलेको देखिएको छ । हामीलाई प्राप्त समाचार स्रोतका अनुसार एसपी शेर बहादुर अधिकारी र जीवन केसी बीच व्यापक प्रतिस्पर्धा रहेको छ। शेर बहादुर अधिकारी लामो समय सशस्त्र प्रहरीको बिशेष व्युरोमा कार्यरत रहेका थिए भने जीवन केसी सिंह बहादुर श्रेष्ठ सशस्त्र प्रहरी बलको महानिरीक्षक भएको बखत स्टाफ अफिसरको रूपमा कार्यरत थिए । बागलुङ र नवलपरासी पूर्खाैली घर भएका यी दुई एसपीको पर्सा जानका लागि ठूलो भिडन्त भैरहेको छ । यी दुईको भिडन्त भैरहदां बीचमा सुपक्षे घर हुने कुनै एकले मौका पाउने अवस्था पनि देखिएको छ । नव जनप्रहारबाट

प्रकाशित मिति: २०२५-०५-२४ , समय : ०७:४२:५७ , 4 weeks अगाडि