फलाेअप समाचार : सप्तरीमा ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा यादव र मण्डलकाे मृत्युु

मिति: २०२५-०५-२४ , समय : १८:०३:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको राजगढ गाउपालिका वडा न.५ स्थित मलेकपुरमा शनिबार दिउँसो ट्र्याक्टरको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मृत्यु भएका दुईजना र घाइतेको परिचय खुलेको छ ।

मृत्यु हुनेहरुमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.१ जमुनि मधेपुराका २१ वर्षीय सन्तोष कुमार यादव र २२ वर्षीय सागर मण्डल रहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उनीहरुको शव गजेन्द्रनारायाण सिंह अस्पताल राजविराज सप्तरीको शव गृहमा राखिएको छ । घटनामा सोही स्थानका १८ वर्षीय धनञ्जय कुमार यादवको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

सप्तरीको पत्थरगाढाबाट राजविराजतर्फ आउँदै गरेको इट्टा लोड भएको स १ त ५४४२ नं. को ट्र्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको म.प्र.०२-०१९ प ९६२६ नं. को मोटरसाइकल ट्र्याक्टरको पछाडिको भागमा ठोकिँदा दुईजनाको मृत्यु भएको हो । यता दुर्घटना भएको माेटरसाइक र ट्र्याक्टर प्रहरी चाेकि पत्थरगाडामा राखिएको तथा घटनाको थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०५-२४ , समय : १८:०३:३० , 4 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित