मधेस प्रदेशको अधिकांश नाकाबाट स्थानीय प्रहरीकै मिलाेमताेमा तस्करी …
मिति: २०२५-०५-२६ , समय : १९:२०:४८ , गामघर डेस्क
मिति: २०२५-०५-२६ , समय : १९:२०:४८ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । पछिल्लोपटक मधेस प्रदेशको विभिन्न जिल्लाकाे सिमावर्ति नाकाहरुमा स्थानीय प्रहरी प्रशासनकाे मिलाेमताेमा अबैध तस्करी फष्टाएकाे छ । साेहि क्रममा मधेस प्रदेशको रौतहटका अधिकांश नाकाबाट चोरी तस्करी बढेको छ। भारतको सीमासित नाका जोडिएका विभिन्न गाउँ भएर पनि भारतीय सामान भन्सार छली ल्याउने क्रम बढेको छ। सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रिय छन्। प्रहरी प्रशासनकै मिलेमतोमा रौतहटका मुख्य नाकाहरूबाट अवैध रुपमा समान ओसारपसार भइरहेको पाइएको छ। साइकल र मोटरसाइकलमा तस्करीको सामान ल्याउने र सीमा वारि ल्याएपछि ठूलो ढुवानी साधनमा विभिन्न भागमा पठाउने गरिएको देखिएको छ।
लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाध, लालबकैया, डुमरिया परोहा, बन्कुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामग्रीको तस्करी गरी भारतबाट नेपाल र नेपालबाट भारत भित्र्याउने गरेका छन् ।भारतीय बजारबाट सर्ट–पाइन्टको कपडा, साडी, स्पेयर पार्टसहरु, खैनी, कुखुराको चल्ला, सेतो अण्डा, खाने तेल, चप्पललगायत दैनिक उपभोग्यका वस्तुहरु अहिले निर्वाध रुपमा नाकाबाट भित्रिने क्रम जारी छ। सशस्त्र प्रहरीकै अगाडिबाट तस्करी हुन थालेको छ। प्रहरीका घुमुवा र चौकी इन्चार्जले तस्करीको लाइन खोलिदिएका छन् । भारत र नेपालको खुला सीमानाकाको फाइदा उठाउँदै विभिन्न चोर नाकाबाट तस्करी भइरहँदा सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवैको मिलेमतोमा लाइन खोलिदिएका हुन् ।
सशस्त्र प्रहरीको संरक्षणमा सदरमुकामभन्दा पूर्वमा रहेको लक्ष्मीपुर बेलबिछवा र ब्रह्मपुरीबाट सबैभन्दा बढी मदिरा र खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ। भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले यो नाकाबाट प्रत्येक दिन हजारौं कार्टुन मदिरा भारत पठाइरहेका छन्। लक्ष्मीपुरमा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीको मिलेमतोमा सो क्षेत्रमा ठूलो तस्करी भइरहेको बताइन्छ। सदरमुकामभन्दा पूर्वपट्टी रहेको बेलबिछवा र सँगैको ब्रह्मपुरीबाट भारतीय गाउँ आदमबान र मुसाचकसम्म तस्करहरूले मदिरा लैजाने गर्छन्। महादेवपट्टी नाकाबाट तस्करीको लाइन पाउनेहरूमा सुरज , किशोरी , मोहनीवाली मुख्य छन । यिनीहरूले कपडाको ठूलो तस्करीको लाइन चलाएका छन् । बंकुल नाकाबाट बच्चेलाल खैनी ,रूपेश किराना , राजाबाबु कपडा ,मोतिम कुखुराको चल्लाले तस्करीको लाइन पाएका छन् । बेलबिछुवा नाकाबाट संजय , सुरेश , निरज , बिरेन्द्र , डाक्टर , मुकेश पट्टेल ,अनिल र रूपेशले प्रमुख रूपमा तस्करीको लाइन पाएका छन् ।गौर नाकाबाट तस्करीको लाइन पाउनेमा शत्रुधन , मनोज , किरणदेवीको कपडाको धन्दा प्रमुख रहेको छ । एउटै प्रज्ञापनपत्र देखाएर दुई–तीन चोटी मालसामान छिराउने कार्य गौर भन्सार नाकाबाट भइरहेको छ । ‘पहिला पोकापोकी तस्करी हुन्थ्यो, अहिले पिकअप र ठूल्ठुला सवारीसाधनको प्रयोगले तस्करी कार्यलाई रौतहटको नाम चलेका तस्करले बढावा दिएका छन्, त्यसमा नेपाल प्रहरी र सशस्त्रको साथ रहेको छ’, स्रोतको दाबी छ ।
सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी भएको कारण नै यहाँका भन्सारले लक्ष्य अनुरूपको राजश्व संकलन गर्न सकिरहेका छैनन् ।जसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ । तस्करी कार्यले सरकारको ढुकुटीमा जाने राजस्व संकलन कार्यमा प्रभाव परेको छ भने अर्कोतिर सुरक्षा निकायको प्रमुखको भूमिकामाथि प्रश्नचिह्न उठ्न थालेको छ । नव जनप्रहारबाट
प्रकाशित मिति: २०२५-०५-२६ , समय : १९:२०:४८ , 3 weeks अगाडि