मधेस प्रदेश : अबैध लागु औषधसहित दुई जना भारतीय पक्राउ

मिति: २०२५-०५-३० , समय : १३:४१:०९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । प्रहरीले बाराको अमलेखगञ्जबाट अबैध लागु औषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय धिरजकुमार सिंह र १८ वर्षीय चन्दनकुमार पटेल छन् । भारतीय कार नम्बर बीआर–०१–बियु–३४८५ मा पछाडिको सिटमुनि फल्स बटम बनाएर ल्याएको अवस्थामा वरिष्ठ सई धनप्रसाद श्रेष्ठ कमान्डको टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।
आरोपीहरूको साथबाट प्रहरीले ट्रामाडोल २१ हजार ६ सय ट्याब्लेट बरामद गरेको छ । प्रहरीले ७६ बोतल लागु औषध ओनरेक्स पनि बरामद गरेको छ । आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२५-०५-३० , समय : १३:४१:०९ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित