सप्तरीमा पनि १९ औ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाईयो
मिति: २०२५-०६-०४ , समय : २१:३०:४६ , गामघर डेस्क
मिति: २०२५-०६-०४ , समय : २१:३०:४६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सयुक्त राजनैतिक दलित संघर्ष समिति सप्तरीको आयोजनामा १९ औ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस बुधवार सप्तरी लगायत मुलुक भरी विभिन्न कार्यक्रम गरी मनाएको छ । समितिका जिल्ला अध्यक्ष भुवनेश्वर साफीको अध्यक्षता तथा सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाको प्रमुख आतिथ्यमा १९ औ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाईएको हो । प्रहरी उपरीक्षक खतिवडाले दलित सम्बन्धित ऐन कानुन ब्यवहारमा लागु गर्न ,समय सापेक्ष ऐन कानुनमा सुधारमा ध्यान पुर्याउन सुझाव दिनु हुदै सप्तरीमा तिन दिन भित्र ठाडौ उजुरीको लागी दलित सहयोग डेस्कमा दलित कर्मचारी सहित स्थापना गर्ने प्रतिबद्घा ब्यक्त गर्नु भयो । उहाँले दलितसगं भएका धटनाहरुको तदारुकताका साथ अनुसधान लगायतका प्रकृया अगाडी बढाउने बताउनु भयो । सो अवसरमा सप्तरीमा जातिय भेदभाव तथा छुवाछुत,बलात्कार,उठीवास,लगायतका धटनाका बारैमा बक्ताहरुले आ आफनो विचार ब्यक्त राख्नु भयो । साेहि कार्यक्रममा राष्ट्रिय दलित अयोगका पुर्व सदस्य बौवालाल शर्मा,माऔवादी केन्द्रका दलित नेता छेदी रजक(विमल),प्रथमलाल राम,जगजीवन राम,वडाध्यक्ष गगांराम खंग,एमालेका डिक बहादुर विश्वकर्मा,पत्रकारद्घय देवराम यादव,राधेश्याम राम, शिवनाथ मण्डल,शिवदेव सदा,महेन्द्र खगं,शियाराम पासवान,कमल परियार,मोहली साफी,लगायतले जिल्लामा भईरहेको जातिय भेदभाव तथा छुवाछुत सम्बन्धमा आ आफनो विचार ब्यक्त गर्नु भयो ।
प्रकाशित मिति: २०२५-०६-०४ , समय : २१:३०:४६ , 2 weeks अगाडि