सप्तरीबाट फरार महिला सहित दुई जना अभियुक्त पक्राउ
मिति: २०२५-०६-०९ , समय : १८:३८:४८ , रबि शर्मा
मिति: २०२५-०६-०९ , समय : १८:३८:४८ , रबि शर्मा
रबि शर्मा
राजविराज । सप्तरी प्रहरीले फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न.२ का महाविर मण्डल र हनुमाननगर कंकालिनी नगरपालिका वडा न.७ की गुडिया देवी रहेका छन् ।
महाविर मण्डललाई जिल्ला अदालत सप्तरीले नागरिकता सम्बन्धी मुद्दामा १ वर्ष ५ महिना ३ दिन कैद सजाय सुनाएको थियो भने गुडिया देवीलाई लेनदेन विगो मुद्दामा १ महिना कैद तोकिएको थियो । अदालतको फैसला पछि दुवैजना फरार रहेका थिए ।
दुवैजनालाई सोमबार पक्राउ गरी थप कानुनी प्रक्रिया अघि बढाउन जिल्ला अदालत सप्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२५-०६-०९ , समय : १८:३८:४८ , 2 months अगाडि