श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ

मिति: २०२५-०६-१० , समय : १०:१५:२२ , गामघर डेस्क

तस्बिर : फाइल फाेटाे

गामघर डेस्क

सुनसरी । कोशी प्रदेशमा श्रीमतीलाई खुकुरी प्रहार गर्ने पाँचथरका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिम नगरपालिका– १२ छाते बस्ने ६० वर्षीय बुद्धिमान विश्वकर्मा रहेका छन् । हिजो दिउँसो १ः३० बजे ५० वर्षीया निर्मला विश्वकर्मा आफ्नै घरमा बसिरहेको अवस्थामा उनका श्रीमान बुद्धिमानले अचानक खुकुरी प्रहार गरेका थिए ।
निर्मलाको बायाँ हातको नाडी काटिएको छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ । खुकुरीसहित खुकुरी प्रहार गर्ने बुद्धिमानलाई अस्थायी प्रहरी चौकी नागिनले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०२५-०६-१० , समय : १०:१५:२२ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित