विमान दुर्घटना फलाेअप : दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
१ सय ६९ जना भारतिय सहित ५३ जना बेलायतका, सात जना पोर्चुगलका र एक जना क्यानडाका रहेकाे खुलासा
मिति: २०२५-०६-१२ , समय : १६:३७:५४ , गामघर डेस्क
मिति: २०२५-०६-१२ , समय : १६:३७:५४ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
भारतको गुजरातमा रहेको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।
२ सय ४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेको एअर इन्डियाको उडान नम्बर एआई १७१ विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ ।
बोइङ ७८७–८ विमानले उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले समाचार एजेन्सी एपीसँग कुराकानी गर्दै एअर इन्डियाको विमान मेघानी नगर भनिने एक आवासीय क्षेत्रमा खसेको बताउनुभएको छ ।
दुर्घटनाग्रस्त विमानमा २ सय ३२ यात्रु र १० जना चालक दलका सदस्य रहेको एअर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा जानकारी दिएको छ ।
विमानमा रहेकामध्ये १ सय ६९ जना भारतका, ५३ जना बेलायतका, सात जना पोर्चुगलका र एक जना क्यानडाका रहेका खबरमा उल्लेख छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई नजिकको अस्पतालमा लगिएको छ ।
यसैबीच एअर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । एजेन्सी
प्रकाशित मिति: २०२५-०६-१२ , समय : १६:३७:५४ , 5 days अगाडि