एअर इन्डिया विमान दुर्घटना अपडेट : २ सय ४ जनाको मृत्युु भएको पुष्टि

मिति: २०२५-०६-१२ , समय : २१:०१:४७ , गामघर डेस्क

तस्वीर : आजतक तथा सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
भारतको गुजरात राज्यको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एअर इन्डियाको विमान दुर्घटनामा २ सय ४ जनाको ज्यान गएको पुष्टि भएको छ ।

विमान दुर्घटनामा अहिलेसम्म २ सय ४ वटा शव प्राप्त भएको अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ४१ जनाको उपचार चलिरहेको पनि प्रहरीले जनाएको छ ।

भारतीय समय अनुसार दिउँसो १ बजेर ३८ मिनेटमा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर विमान उडेको केही समयमै दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त विमानमा २ सय ३२ यात्रु, २ चालक र १० क्याबिन क्रु सदस्य रहेका एअर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा जानकारी दिएको छ ।

विमानमा रहेकामध्ये १ सय ६९ जना भारतका, ५३ जना बेलायतका, सात जना पोर्चुगलका र एक जना क्यानडाका रहेका खबरमा उल्लेख छ । एजेन्सी

प्रकाशित मिति: २०२५-०६-१२ , समय : २१:०१:४७ , 5 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित