मधेस प्रदेश : आफ्नै श्रीमती बलात्कार गर्ने श्रीमानलाई ६ महिना कैद र १ लाख क्षतिपूर्तिकाे सजाय
मिति: २०२५-०६-१५ , समय : १२:२१:२४ , गामघर डेस्क
मिति: २०२५-०६-१५ , समय : १२:२१:२४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशमा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा धनुषाका एक पुरुष दोषी ठहरिएका छन्।
मधेस प्रदेशको धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले वैवाहिक जबरजस्ती करणी (बलात्कार) मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै सजाय र क्षतिपूर्ति तिराउने आदेश दिएको हो।
अदालतले जेठ १३ गते दोषी ठहर गर्ने निर्णय गर्दै सजाय निर्धारणका लागि पेशी तोकेको थियो। त्यसअनुसार, जेठ २९ गतेको पेशीमा सजाय पूर्व प्रतिवेदन पेश गर्न आदेश दिइएको थियो। प्रतिवेदनको आधारमा असार १ गते (शुक्रबार) भएको अन्तिम सुनुवाइमा न्यायाधीश वर्देवाको इजलासले उनलाई ६ महिनाको कैद सजाय र पीडित श्रीमतीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने आदेश सुनाएको हो।
पीडित श्रीमतीले २०७९ चैत २१ गते धनुषा जिल्ला अदालतमा श्रीमानविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन्।
त्यसपछि २०८० साउन २१ गते पहिलो पेशी बसेको थियो। पहिलो सुनुवाइमा अदालतले आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
यता कुल ३६ वटा पेशीपछि अन्ततः यो मुद्दामा अन्तिम फैसला सुनाइएको हो।
प्रकाशित मिति: २०२५-०६-१५ , समय : १२:२१:२४ , 2 days अगाडि