मधेश प्रदेशमा मुर्रा भैँसी पालनमा किसानको आकर्षण बढदै : दूध उत्पादन बढ्यो

मिति: २०२५-०६-१६ , समय : १४:०७:०७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेश प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । पशुपालक किसानले दुधालु मानिएका मुर्रा जातको भैँसीपालन गरेसँगै मधेश प्रदेश चाँडै दूधमा आत्मनिर्भर बन्ने अनुमान छ ।

कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा किसानले भैँसी पालेका हुन् ।

आयोजनाले मधेशका पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गले छोएका ८४ पालिकालाई समेटेको आयोजना प्रमुख राजेश साहले बताउनुभयो । उहाँले दूध, मासु र अन्य सागसब्जी उत्पादनका योजनालाई प्राथमिकता दिएकामा ५० समूहका किसानले दुधालु जातका मुर्रा भैँसीपालनको योजना अघि बढाएकाले यसले मधेशलाई दूधमा आत्मनिर्भर बनाउने अपेक्षा रहेको बताउनुभयो ।

दूधको बजार सुनिश्चित गरी क्रेतासँग सम्झौतापछि भैँसीपालनको व्यावसायिक कार्य योजना अघि बढेका छन् ।

मुर्रा जातका एउटा भैँसीले कम्तीमा दैनिक २५ लिटरसम्म दूध दिने गरेको छ । किसानले पालेका भैँसीबाट दैनिक २० हजार लिटर दूध उत्पादन भइरहेको छ । एक किसानले औसतमा मासिक २४ हजार रुपैयाँ आम्दानी लिने गरेका छन् ।

आयोजनाले प्रत्येक कार्ययोजनाको कुल लागतमा ४५ प्रतिशत अनुदान दिने र ५५ प्रतिशत समूहले बेहोर्ने व्यवस्था छ । रासस

प्रकाशित मिति: २०२५-०६-१६ , समय : १४:०७:०७ , 24 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित