मधेस प्रदेश : अबैध लागुऔषधसहित चार जना पक्राउ
मिति: २०२५-०६-१९ , समय : ०७:०६:५३ , गामघर डेस्क
मिति: २०२५-०६-१९ , समय : ०७:०६:५३ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागुऔषध ब्युरो र पर्सा प्रहरीको संयुक्त टोलीले अफिम जस्तो देखिने अवैध लागुऔषधसहित बुधबार चार जनालाई पक्राउ गरेको हो ।
वीरगन्जको रजतजयन्ती चोकबाट पर्साको पटेर्वा सुगौली गाउँपालिकाका विनोद गिरी, प्रदीप चौधरी,जीतेन्द्रकुमार श्रीवास्तव र रमेश राउतलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
उनका अनुसार पक्राउ परेकाहरू दुई वटा मोटरसाइकलमा रजतजयन्तीतर्फबाट आइरहेका थिए । सोही क्रममा जाँच गर्दा मोटरसाइकलको बिचमा राखिएको कालो झोलाबाट बेरिएको अवस्थामा अफिम जस्तो देखिने एक किलो लागु औषध बरामद भएको प्रहरी प्रवक्ता लम्सालले बताए । यता पक्राउ परेकाहरूमाथि लागुऔषध कसुरमा अदालतबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०६-१९ , समय : ०७:०६:५३ , 8 hours अगाडि