सप्तरीकाे भारदहमा मोटरसाइकल दुर्घटना हुदा एक जना युवकको घटनास्थलमै मृत्यु , अर्को गम्भीर घाइते

मिति: २०२५-०६-२२ , समय : १२:००:१६ , रबि शर्मा

तस्बिर : सामाजिक सन्जालबाट

रबि शर्मा

राजविराज । सप्तरीकाे भारदहमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्को एकजना गम्भीर घाइते भएका छन्।
सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका वडा नं १ कङ्कालिनि मन्दिरदेखि एक किलोमिटर उत्तर कोशीको बाँधमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको घटनास्थलमै मृत्यु र एकजना गम्भीर घाइते भएका हुन्।
आइतबार बिहान ५:२० मिनेटको समयमा को १० प ५००६२ नम्बरको स्पिलन्डर मोटरसाइकिलमा सवार कञ्चनरूप नगरपालिका वडा नं १ बैरवा बस्ने अन्दाजी वर्ष २५ का सुभाष कुमार महतो र विपरित दिशाबाट बा ५५ पो ६६३ ९ नम्बरका मोटरसाइकल सवार पहिचान खुल्न नसकेको एक आपसमा ठोकिँदा पहिचान नखुलेका व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ भने एकजना सिकिस्त र अर्को एकजनालाई सामान्य चोटपटक लागेको छ।
सिकिस्त हुनेहरूलाई उपचारका लागि विराटनगरतर्फ पठाएको छ भने मृतकको सब राजवराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ।
यता दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा रहेको छ।

प्रकाशित मिति: २०२५-०६-२२ , समय : १२:००:१६ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित