मधेस प्रदेशको वीरगन्जमा प्रमुख र उपप्रमुखका सल्लाहकारको नाममा झण्डै ५५ लाख अनियमितता गरेको खुलासा
मिति: २०२५-०६-२४ , समय : १६:१६:२५ , गामघर डेस्क
मिति: २०२५-०६-२४ , समय : १६:१६:२५ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
मधेस प्रदेशको पर्साकाे वीरगन्ज महानगरपालिकाको प्रमुख र उपप्रमुखका सल्लाहकारले नियमविपरीत तलब, चाडपर्व खर्च र पोसाक भत्ता बुझेको पाइएको छ।
आर्थिक वर्ष २०८०/०८१ मा महानगरपालिकाका प्रमुख र उपप्रमुखका सल्लाहकारले झण्डै ५५ लाख रुपैयाँ भुक्तानी लिएको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ।
नगरप्रमुख र उपप्रमुखले स्वकीय सचिव, प्राविधिक सल्लाहकार, सल्लाहकार, प्रेस सल्लाहकार र जनसम्पर्क सल्लाहकारको नाममा १० जनालाई नियुक्त गरेका छन्। मधेश प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुबिधासम्बन्धी ऐन, २०७७ बमोजिम महानगरपालिकाका प्रमुख र उपप्रमुखले यस्ता सल्लाहकारको सुविधा पाउने व्यवस्था छैन।
तर, यि १० जना सल्लाहकारलाई वर्षभरीमा तलब, चाडपर्व र पोशाक भत्ता भुक्तानी गरेर ५४ लाख ९५ हजार ७९३ रुपैयाँ अनियमितता गरेको महालेखाको ६२औँ प्रतिवेदनमा उल्लेख छ।
तर वीरगन्ज महानगरपालिकाले भने सचिवालय गठन तथा संचालन (कार्यविधि) नियमावली, २०७९ बमोजिम सल्लाहकार नियुक्त गरी भुक्तानी गरेको जनाएको छ।
प्रकाशित मिति: २०२५-०६-२४ , समय : १६:१६:२५ , 10 hours अगाडि