देशभर झन्डै साढे १२ प्रतिशत रोपाइँ : मधेश प्रदेशमा बल्ल राेपाइ शुरू

मिति: २०२५-०६-२९ , समय : ०७:००:१६ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । देशभर अहिलेसम्म झन्डै साढे १२ प्रतिशतमात्रै रोपाइँ भएको छ । आज सार्वजनिक तथ्याङ्क अनुसार अहिलेसम्म १२ दशमलव ३३ प्रतिशत धान रोपाइँ भएको हो ।

बर्खे धानबाली झन्डै १४ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । यसमध्ये अहिलेसम्म १ लाख ७२ हजार हेक्टरमा रोपाइँ भएको छ । पछिल्लो तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा ४५ दशमलव ४९ प्रतिशत, कर्णालीमा २० दशमलव ११ प्रतिशत, गण्डकीमा १३ दशमलव ७९ प्रतिशत, लुम्बिनीमा ९ दशमलव ६६ प्रतिशत, बागमतीमा २० दशमलव ५३ प्रतिशत र कोशी प्रदेशमा ५ दशमलव ९६ प्रतिशत रोपाइँ भएको छ ।

मनसुन यसपालि अघिल्लो महिना जेठ १५ गते नै भित्रिएको भए पनि मधेश प्रदेशमा रोपाइँ शुरू भइसकेको छैन । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार मधेशसहित तराईका धेरै ठाउँमा रोपाइँ शुरू हुन बाँकी नै छ ।

असार १५ गतेपछि रोपाइँको काम धमाधम चल्छ । मनसुन र मल सहज हुँदा पोहोर अहिलेसम्मकै उच्च ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । सरकारले २ वर्षभित्र धान/चामलमा आत्मनिर्भर हुने घोषणा गरेको छ ।

यस वर्ष असार १५ गते आज ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरि मनाउँदै छ ।

प्रकाशित मिति: २०२५-०६-२९ , समय : ०७:००:१६ , 5 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित