अंशबन्डाकाे बिषयमा देवरद्वारा भाउजूकाे हत्या : हत्या गर्ने देवर पक्राउ

मिति: २०२५-०७-०८ , समय : १६:४१:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर ।
कोशी प्रदेशको मोरङकाे रतुवामाई नगरपालिकामा अंशबन्डाकाे बिषयमा बिवाद हुदा देवरले भाउजुकाे हत्या गरेका छन । रतुवामाई ६ बस्ने गणेश बहादुर बस्नेतको श्रीमती वर्ष ६० की टिकामाया कार्की बस्नेतकाे हत्या भएको पुष्टि भएको छ । आफ्नै बारीमा घाँस काट्न गएको समयमा बारीमैै मृत अबस्थामा फेला परेको धटना सार्वजनिक भए पछि प्रहरीकाे अनुसन्धानका क्रममा निजकाे देवर लाई पक्राउ गरि अनुसन्धान गर्ने क्रममा आफुले हत्या गरेको स्युकार गरेपछि घटना सार्वजनिक भएको हाे। विगत लामो समय देखी अंशबन्डा सम्बन्धी मुद्वा उच्च अदालत बिराटनगरबाट फैसला हुँदा निजकाे देवर टंक बहादुर बस्नेतले भाउजू टिकामाया लाई पटकपटक गाली गलाैज गर्दे समेत आईरहेकाे र टिकामायाँँ शारीरिक रुपमा बोल्न नसक्ने र ईसाराले मात्र कुरा बुझ्ने गरेकि थिईन । अनुसन्धान क्रममा प्रहरीले आफ्नै देवर नाता पर्ने बर्ष ६९ को टंक बहादुर बस्नेतले हंसियाको बिडले टाउकाको पछाडी घुच्चुकको दायाँ साईडमा प्रहार गरी मारेकाे अनुसन्धान खुलेको जिल्ला प्रहरी कार्यलय माेरङका डिएसपि एवम् प्रवक्ताले बताए । कोशी अस्पतालबाट फरेन्सिक डा. निशान श्रेष्ठ समेतको टोली गई घट्नास्थलमा पुगेर लाशकाे समेत चेकजाँच गरेका थिए । उनी माथि थप अनुसन्धान समेेेत भईरहेकाे प्रहरी जनाएको । स्थानीयबासिहरुका अनुसार दुुुबैजनालाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग समेत गरेका छन ।

प्रकाशित मिति: २०२५-०७-०८ , समय : १६:४१:५१ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित