भुषकाे बोरा भित्र लुकाएकाे अवस्थामा अबैध पेस्तोल सहित दुई जना युवक पक्राउ
मिति: २०२५-०७-१६ , समय : १४:३८:३२ , गामघर डेस्क
मिति: २०२५-०७-१६ , समय : १४:३८:३२ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर ।
कोशी प्रदेशको मोरङको जहदा गाउँपालिका वडा न.४ बाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा जहदा ४ मा भुषकाे बोरा भित्र लुकाई छिपाई राखेको एउटा सानो हतियार सिक्सर रिभलवर सहित २ जना मानिस प्रहरीले नियन्त्रणमा लिएको हाे । बिगत ३ महिना अगाडि २ ओटा मोटरसाईकल चोरीमा पक्राउ परी थुनामा रहेका थिए । केहि दिन अगाडि मात्र उनीहरु सुधारगृहबाट छुटेर आएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मोरङको जहदा ४ बस्ने हरी महतो र साेहि स्थान बस्ने आशिष कुमार मण्डल रहेको र एक जना मुकेश कुमार महतो फरार रहेको र निजकाे समेत खाेजी कार्य भईरहेकाे रंगेली प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०७-१६ , समय : १४:३८:३२ , 13 hours अगाडि