खोला किनारमा बेवारिसे अवस्थामा झण्डै ३२३ किलो गाँजा फेला

मिति: २०२५-०७-१८ , समय : ०९:२४:१५ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / विराटनगर

गामघर डेस्क

विराटनगर । कोशी प्रदेशको मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीले बिहीबार बिहान ३२३ किलो गाँजा बरामद गरेको हो । खोला किनारमा बेवारिसे अवस्थामा उक्त गाँजा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।१० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला परेपछि सशस्त्र प्रहरीसमेतको सहयोगमा बरामद गरिएको हो ।उक्त गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति: २०२५-०७-१८ , समय : ०९:२४:१५ , 10 hours अगाडि