मधेस प्रदेश : भाइ–बुहारीको झगडा छुटाउन गएका दाइको हत्या
मिति: २०२५-०७-२५ , समय : १२:०८:०९ , गामघर डेस्क
मिति: २०२५-०७-२५ , समय : १२:०८:०९ , गामघर डेस्क
गामघर डेस्क
सिरहा । मधेस प्रदेशको सिरहामा भाइ–बुहारी बिचको झगडा छुटाउन गएका दाइको खुकुरी प्रहारबाट हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतीराम सदाको खुकुरी प्रहार गरी हत्या भएको हो ।उनलाई आफ्नै भाइ २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।
डिएसपी पासवानका अनुसार बिहीबार राति ९ बजेतिर श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेको थियो । विवाद छुट्टाउन गएका दाइ मोतीराम सदालाई भाइ श्यामले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मोतीरामको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा राति सवा ११ बजेतिर मृत्यु भएको डिएसपी पासवानले बताए । खुकुरी प्रहार गरी फरार भएका भाइ श्यामलाई सिरहा प्रहरीले औरही गाउँपालिकास्थित सीमा क्षेत्रबाट आज बिहान पक्राउ गरेको छ । यता साे घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०७-२५ , समय : १२:०८:०९ , 1 day अगाडि