गर्मी छल्न कोसी कटान क्षेत्रमा आन्तरिक पर्यटकको भिड

मिति: २०२५-०७-२५ , समय : १३:२५:५७ , अजितकुमार झा

तस्बिर : अजितकुमार झा / सुनसरी

अजितकुमार झा

सुनसरी । पछिल्लो समय सुनसरीमा गर्मी अत्याधिक गर्मी बढ्दै गएको छ । गर्मीका बेलामा जिल्लाबासीले घरमै बस्ने गरेका छन् । सदरमुकाम इनरुवा सहित जिल्लाका शहरी क्षेत्रमा बसोबास गर्ने मानिस चिसो ठाउँमा बस्ने गरेका छन् भने ग्रामीण क्षेत्रमा मानिस रुखको छाहरी मुनि बस्ने गरेका छन् । पछिल्लो समय बढ्दै गएको अत्याधिक गर्मीका कारणले सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोसी कटान क्षेत्रमा आन्तरिक पर्यटकको भिड लाग्ने गरेका छन् ।
कोसी कटानमा सप्तकोसी नदीबाट आउने सिपेजको पानी निकै चिसो हुने गरेकाले स्थानीयसंगै बाह्य पर्यटक समेत नुहाउनका लागि आउने गरेको कोसी कटान क्षेत्रमा व्यवसाय गर्दै आउनुभएका अरुण मण्डलले जानकारी दिनुभयो । दैनिक कोसी कटान क्षेत्रमा घाम लागेको र गर्मीका बेलामा १ सय देखि ५ सय जना सम्म नुहाउने गरेको स्थानीय रुपेश झाले जानकारी दिनुभयो ।
जस्तो सुकै कडा घामका बेलामा समेत कोसी कटान क्षेत्रमा सप्तकोसी नदीबाट आउने सिपेजको पानी चिसो हुने भएकाले दैनिक सयौको संख्यामा नुहाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय व्यवसायले बताएका छन् ।
कटान क्षेत्रमा स्थानीयसंगै लामो दुरीमा निस्केका मालबाहक सवारी सधान समेत त्यस ठाउँमा नुहाएर बिश्राम गरेर जाने गरेको स्थानीय बिरेन्द्र यादवले जानकारी दिनुभयो । कोसी कटान क्षेत्रलाई व्यवस्थित बनाई पर्यटन प्रवद्धनका लागि ठोस योजना ल्याउन आवश्यक रहेको स्थानीय सरोकारवाले बताएका छन् ।

प्रकाशित मिति: २०२५-०७-२५ , समय : १३:२५:५७ , 24 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित