देशभरमा झन्डै ७८ प्रतिशत धान रोपाइँ : मधेश प्रदेशमा अहिलेसम्म ५२ प्रतिशत मात्रै रोपाइँ

मिति: २०२५-०७-२८ , समय : १५:०७:२९ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

काठमाण्डौ । साउनको मध्य हुनै लाग्दा देशभर ७८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सबैभन्दा बढी धान फल्ने मधेश र कोशीमा कम रोपाइँ छ । मधेश प्रदेशमा अहिलेसम्म झन्डै ५२ प्रतिशत मात्रै रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता केन्द्रले जनाएको छ ।

मधेशमा कुल ३ लाख ७२ हजार छ सय ४५ हेक्टरमा रोपाई गरिन्छ । हिजोसम्म एक लाख ९३ हजार एक सय १६ हेक्टरमा मात्रै रोपाइँ भएको छ । यो गएको वर्षको तुलानामा आधा मात्रै हो । गएको वर्ष यो समयमा मधेश प्रदेशमा ९२ प्रतिशत रोपाइँ भएको थियो । धान उत्पादनको दोस्रो ठूलो प्रदेश कोशीमा रोपाइँ कमी आएको छ । कोशीमा ८० प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ ।

गएको वर्ष यही समयमा कोशीमा ९० प्रतिशत रोपाइँ भएको थियो । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाइँ भएको छ । त्यहाँ अहिलेसम्म ९९ प्रतिशत रोपाइँ सकिएको छ । यस्तै कर्णाली प्रदेशमा झन्डै ९२ प्रतिशत, लुम्बनीमा ९२ प्रतिशत, बागमतीमा ८७ प्रतिशत र गण्डकी प्रदेशमा ८४ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । रासस

प्रकाशित मिति: २०२५-०७-२८ , समय : १५:०७:२९ , 8 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित