मधेस प्रदेशको जनकपुरमा आफ्नै घरमा मृत भेटिइन् महिला : दाइजोका कारण हत्या गरेको आरोप
मिति: २०२५-०७-२८ , समय : १५:१५:३७ , गामघर डेस्क
मिति: २०२५-०७-२८ , समय : १५:१५:३७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको धनुषाको जनकपुरमा एक महिला मृत फेला परेकी छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा चन्दन मण्डलका श्रीमती २३ वर्षीया शोभा मण्डल राति मृत फेला परेकी हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार राति साढे १२ बजेतिर घरमा झुण्डिएर मृत्यु भएको खबर प्रहरीसमक्ष पुगेको थियो । प्रहरी टोली पुग्दा ओछ्यानमा शव फेला परेको उनले बताए । उनका अनुसार घरपरिवारले झुण्डेको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बयान प्रहरीलाई दिएका छन् ।
पोस्टमार्टम रिपोर्टपछि मात्र केही कुरा खुल्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।यता माइती पक्षले भने शोभा मण्डलको हत्या भएको दावी गरेको छ । माइती पक्षका अनुसार दाइजोको विषयलाई लिएर घरायसी झगडा हुने गरेको थियो ।शोभाको बिहे पाँचवर्ष अघि चन्दनसँग भएको थियो । उनीहरुका एक छोरी छिन् । शोभाको माइत महोत्तरीको बर्दिबास नगरपालिका १४ माइस्थान हो ।
प्रकाशित मिति: २०२५-०७-२८ , समय : १५:१५:३७ , 9 hours अगाडि