कृषि विश्वविद्यालयका बिद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइयो
मिति: २०२५-०७-३१ , समय : ०८:३९:५५ , गामघर डेस्क
मिति: २०२५-०७-३१ , समय : ०८:३९:५५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
मधेस कृषि विश्वविद्यालय राजविराजका विद्यार्थीहरुले विभिन्न माग राखी बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । शैक्षिक भवनमा तालाबन्दी गरी आन्दोलनरत विद्यार्थीहरुले समस्या समाधानमा विश्वविद्यालय प्रशासन गम्भीर नभएकोले जिल्ला प्रशासन कार्यालय पुगेर प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पासवान मार्फत ज्ञापनपत्र बुझाएको हो ।
विभिन्न शैक्षिक सुधारका माग अघि सार्दै बिद्यार्थीहरूद्वारा गरिएको तालाबन्दी चौथो दिन बुधबार पनि जारी रहेको छ । पठन पाठन पूर्ण रूपले ठप्प भई डेढ सय भन्दा बढी बिद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको आन्दोलनकारी विद्यार्थी बताउँछन् । तालाबन्दी जारी रहदा पनि विश्वबिद्यालय प्रशासनले आफुहरूको माँग पुरा गर्ने तर्फ कुनै चाँसो नदेखाएकोले आन्दोलनकारी बिद्यार्थीहरूले बुधबार विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत मधेस प्रदेशका मुख्यमन्त्री,विश्व बिद्यालयका उपकुलपति, रजिस्ट्रार तथा जिल्ला प्रहरी कार्यालय लगायतका सरोकारवाला निकायमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत पासवान मार्फत ज्ञापनपत्र पठाएका छन्। ज्ञापनपत्रमा विश्वबिद्यालयमा विद्यमान समस्याहरूलाई लिएर पटकपटक विश्वबिद्यालयका जिम्मेवार अधिकारीहरूको लिखित र मौखिक रूपमा ध्यानाकर्षण गराउदा पनि समस्या समाधान नभएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा मांग सम्बोधन नगरिए आन्दोलनका थप सशक्त कार्यक्रमहरू अघि बढाईने तथा यसबाट उतपन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी समेत दिएको छ ।
शैक्षिक वातावरण मैत्री कक्षा कोठाको व्यवस्था , निर्धारित भन्दा बढी लिएको शुल्क फिर्ता,लिएको शुल्कको नगदी रसिद उपलब्ध गराउनुपर्ने,कक्षा कोठामा आवश्यकता अनुसारको डेक्स बेन्चको व्यवस्था तथा बिग्रिएको अवस्थामा रहेको पंखाहरू मर्मत लगायतका माँग राखि बिद्यार्थीहरूले आइतबारदेखि विश्वबिद्यालयको शैक्षिक भवनमा तालवन्दी गरेका छन ।
यता विश्वबिद्यालयका रजिस्ट्रार भगवान ठाकुरले आन्दोलनरत बिद्यार्थीहरू सँग बार्ता गरि समस्या समाधानको प्रयास भई रहेको सञ्चार्रीलाई जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२५-०७-३१ , समय : ०८:३९:५५ , 20 hours अगाडि