सप्तरीका सिडियाे दाहाल गरे कोशी पम्प हाउसको अनुगमन : तत्काल नहरबाट पानी व्यवस्थापन गर्न निर्देशन

मिति: २०२५-०७-३१ , समय : १३:५७:०९ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
तराई मधेस सहित सप्तरी लगायतका जिल्लामा खडेरीको कारण लामो समयदेखि पानीको अभावका कारण धान रोपाइँ प्रभावित भएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बुधवार कोशी पम्प क्यानलमार्फत सिंचाइ व्यवस्था मिलाउनको लागी सक्रियता बढाएका छन्।
प्रजिअ दाहालले कोशी पम्प नहरका तीनवटा पम्प नहरको अनुगमन र निरिक्षण गर्नु हुर्दै मातहतका कर्मचारीलाई खेतसम्म पानी पु¥याउन र समस्या तत्काल समाधान गर्न निर्देशन दिनु भएका छन्। उहाँले नहरबाट पानी व्यवस्थापन, पम्प सञ्चालनको अवस्था र पानी प्रवाहको निरीक्षण समेत गर्नु भयो ।
जिल्लामा यस वर्ष हालसम्म जम्मा ३७ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका निमिक्त कार्यालय प्रमुख देवकिसुन राउतले बताउनु भयो । सामान्यतया साउनको दोस्रो सातासम्म अधिकांश खेतमा रोपाइँ सकिने भए पनि यसपटक पर्याप्त वर्षा नभएको र सिंचाइ व्यवस्था कमजोर हुँदा रोपाइँ प्रभावित भएको हो।
नहरको पानी किसानको खेतसम्म नपुग्ने गुनासो स्थानीयस्तरबाट लगातार आइरहेका बेला प्रजिअ दाहाल स्थलगत अनुगमन,निरिक्षणमा पुग्नु भएको हुन्।
प्रजिअ दाहालका अनुसार ,‘धान उत्पादनमा ठूलो असर पर्ने स्थिति आएकोले किसानको खेतमा तत्काल पानी पु¥याउने व्यवस्था मिलाउन कार्यमा जुटेको बताउनु भयो ं।’
खानेपानीका लागि प्रयोगमा रहेका ट्यूवेल तथा बोरिङमा समस्या भएमा तथा सिंचाइका लागि प्रयोग भएका नहरहरुमा समस्या परेमा जिल्ला प्रशासन कार्यालयले सम्पर्क गर्न मोबाइल नम्बर सार्वजनिक गरेको छ।
समस्या परे प्रमुख जिल्ला अधिकारी भोला दाहाल (९८५२८५७७७७) र प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवान(९८५२८२२५७७) नम्बरमा सम्पर्क गर्न भन्नु भएको छ । बर्षा नहुँदा सप्तरी जिल्लाको विभिन्न ठाउँमा खेती योग्य जग्गाहरुमा सिंचाईको अभाव भई खेती हुन नसकेको र धेरैजसो गाउँ तथा वस्तीहरुमा खानेपानीको स्रोत घटी खानेपानीको अभाव समेत भएको छ।

प्रकाशित मिति: २०२५-०७-३१ , समय : १३:५७:०९ , 22 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित