सप्तरीमा सिँचाइका लागि गाडिएका २३ वटा ट्युबवेल प्रयोगविहिन
मिति: २०२५-०८-०२ , समय : ०८:११:४५ , देबराम यादव
मिति: २०२५-०८-०२ , समय : ०८:११:४५ , देबराम यादव
देबराम यादव
राजविराज ।
सप्तरीमा सिँचाइ सुविधाका लागि केही वर्षअघि गाडिएका ४३ वटा मध्ये २३ वटा डिप ट्युबवेल अझै सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा विभिन्न पालिकाको विभिन्न स्थानमा ती ट्युबवेल गाडिएको छ । सप्तरीको विभिन्न पालिकामा जडान गरिएको डिप बोरिङ लामो समय वितिसक्दा पनि संचालन हुन सकेको छैन्।
जिल्लामा ४३ मध्ये १७ वटा मात्र अहिले संचालनमा रहेको छ भने २३ वटा डिप ट्युबवेल अझै सञ्चालनमा आउन सकेका छैनन् ।
सप्तरी र सिरहामा भूमिगत जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सिरहाले मुख्य रुपमा डिप बोरिङ जडान गर्ने गरेको छ। उक्त कार्यलय मार्फत हालसम्म सप्तरीमा ४३ वटा डिप बोरिङ जडान भएको छ। तर सोमध्ये १७ वटा मात्र संचालनमा रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । केहीमा ट्रान्सफर्मर चोरी भइसकेको छ भने केही बाट वालुवा आउने गरेकोेले पुनः जडान गर्नुपर्ने अवस्था रहेको कार्यलय प्रमुख विकास ठाकुर बताउँछन् ।
‘केही क्रमागत अवस्थामा छन्, आवश्यक बजेट विनियोजन नभएकोेले केही सुचारु हुन नसकेको बताउनुहुदै केहीमा विद्युत व्यवस्थापन नभएकोले पनि सुचारु हुन नसकेको सञ्चारकर्मीलाई बताउनु भयो ।
यस सुख्खाग्रस्त अवस्थामा किसानले डिप बोरिङ गाडे पनि संचालन हुन नसक्दा राज्यको लगानी व्यर्थ जानुका साथै प्रयोगविहिनले खडेरीको मार खेप्न बाध्य रहेको स्थानिय कृषक महेन्द्र यादव बताउँछन ।
ट्युबवेल सम्बन्धि जानकार बद्री यादवले ट्युबवेल गाडिएको केही महिनाभित्र सञ्चालनमा ल्याइसक्नुपर्छ । अन्यथा फिल्टर जाम भएर पानी नआउने अवस्था आउनसक्छ । त्यस्तै, बालुवा थुप्रिएर बोर होल नै बन्द हुनसक्ने बताउनु भयो ।
राजविराज १० का सुरेन्द्र यादवले जमिन मुनिको पानी तानेर खेतबारीमा सिचाइँ सुविधा पु¥याउने उद्देश्यले गाडिएको ट्यबवेल प्रयोगमा नआउँदै जीर्ण हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले ट्युबवेल सञ्चालन नआउँदा यहाँका किसान सिँचाइ समस्याले मारमा परेको जानकारी दिनुभयो । उहाँले अहिले मटिगढी लगायत तराई मधेसका गाउँमा सिँचाइ अभावले धान रोपाइँ प्रभावित भएको छ । यति बेला ट्युबवेल सञ्चालनमा रहेको भए यहाँका किसानलाई धान रोप्न आकासे पानी कुरेर बस्नु पर्दैन्थ्यो । पालिकाले विद्युत लाइन जडान र अन्य आवश्यक उपकरण जडान गरेर ट्युबवेल शीघ्र सञ्चालन ल्याउनुपर्ने यादवको भनाइ छ ।
स्थानीय किसान रामनारायण सुतियारले सिँचाइ अभावकै कारण यो वर्ष धान रोप्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ट्युबवेल सञ्चालनमा आएको भए यो अवस्था आउने थिएन । स्थानीय सरकारले समयमै ध्यान नदिँदा ठुलो लगानीमा गाडिएको सिँचाइ पूर्वाधार प्रयोगविहीन बनेको छ ।” ट्युबवेल सञ्चालनमा ल्याउन पटकपटक माग गर्दै आएको भए पनि सुनुवाइ नभएको सुतियारले जानकारी दिनुभयो ।
अर्का किसान भागवत साहका अनुसार डिप ट्युबवेल गाड्ने बेला निकै खुसी देखिएका यहाँका किसान ट्युबवेल सञ्चालनमा नआउँदा निरास भएका छन् । वर्षौंदेखि सिँचाइ समस्या झेल्दै आएका यहाँका किसान यसपाली वर्षा नहुँदा झन् निराश बनेका छन् । सिँचाइ अभावकै कारण धान खेतबाट यस वर्ष पर्याप्त उत्पादन नहुने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: २०२५-०८-०२ , समय : ०८:११:४५ , 10 hours अगाडि