सप्तरीको बरही विरपुरमा प्रहरीले गोली चलाएर लागुऔषधसहित दुई जनालाई पक्राउ गरे

मिति: २०२५-०८-०३ , समय : १४:४४:०९ , श्रीकान्त यादव

तस्बिर : जिल्ला प्रहरी कार्यालय सप्तरी

श्रीकान्त यादव

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.१ बरही विरपुरमा प्रहरीले हवाई फायर गरी हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागुऔषध हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा न.१ बरहि विरपुरका विशाल राय र डाक्नेश्वरी नगरपालिका वडा न.७ का मनोज राय छन् । पक्राउ परेकाहरुको साथबाट एक सय ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसीले जानकारी दिनुभयो । यता नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि दुई राउण्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक केसीको भनाइ छ ।

प्रकाशित मिति: २०२५-०८-०३ , समय : १४:४४:०९ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित