भारतको नयाँ दिल्लीमा नेपालका नौ जना अभियन्ता सम्मानित
मिति: २०२५-०८-०५ , समय : ०८:४२:४५ , गामघर डेस्क
मिति: २०२५-०८-०५ , समय : ०८:४२:४५ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
विश्वव्यापी मानव अधिकार संरक्षण मञ्चले भारतको नयाँ दिल्लीमा गरेको सेमिनार तथा पुरस्कार वितरण समारोहमा मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न विधाका सक्रिय नौ अभियन्तालाई सम्मान गरेको छ । ‘बुद्ध र उनको धम्म अम्बेडकरको अन्तिम कृति’ विषयक सेमिनारमा मधेश प्रदेशको सामाजिक अभियानमा विभिन्न क्षेत्रबाट सक्रिय ८ जना सम्मानित भएका हुन् । एकजना उदयपुरका सम्मानित भएका छन् ।
सप्तरीकी सुनिता कुमारी साह, रौतहटका मुकेश कुमार साह, सप्तरीकै अन्वर अली, उदयपुरका प्रदीप गिरी, पर्साका ध्रुब कुमार साह, सर्लाहीका डा. नवल किशोर साह, सप्तरीकै नेत्रविक्रम साह र कामेश्वर साह तथा सर्लाहीकी सुनिता कलवार सम्मानित भएका हुन् ।
कार्यक्रममा मञ्चका संस्थापक सहअध्यक्ष महानन्द सरकार दत्त, कार्यकारी अध्यक्ष काशीराम गोविन्द पैठणे, उत्तराखण्डका सामाजिक कार्यकर्ता जयपाल सिंह, नेपालबाट सहभागी सुनिता साहले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रम अधिवक्ता डा. विजय कुमार कस्तुरेले सञ्चालन गरेका थिए ।
प्रकाशित मिति: २०२५-०८-०५ , समय : ०८:४२:४५ , 11 hours अगाडि