जसपा नेपाल सप्तरीको जिल्ला अध्यक्षमा केदार यादव विजयी
मिति: २०२५-०८-०५ , समय : १३:५०:३५ , गामघर डेस्क
मिति: २०२५-०८-०५ , समय : १३:५०:३५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
जनता समाजवादी पार्टी सप्तरीको अध्यक्षमा केदार प्रसाद यादव विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी उमेश प्रसाद यादवलाई ३० मतान्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा केदार प्रसाद यादबले २ सय ३५ मत ल्याएर बिजयी भएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी उमेश प्रसाद यादवले २ सय ५ मत प्राप्त गरेका छन ।
यसैगरी उपाध्यक्षमा लक्ष्मण यादब २ सय ३५ मत र हरेराम यादब २ सय २६ मत प्राप्त गरि विजयी भएका छन् भने राजेश्वर प्रसाद रायले १ सय ८५ र उषा कुमारी साहले १ सय ७४ मत प्राप्त गरेका छन ।
यसैगरी सचिबमा निरज मुक्ती २ सय ३१( बिजयी भएको छ भने शम्भु कुमार यादबले २ सय ३० प्राप्त गरेका छन ।
यसैगरी उपसचिव रिता कुमारी चौधरीले २ सय ३४ र रामेश्वर कौगडिया यादब २ सय ३५ प्राप्त गरि बिजयी भएका छन् भने राहुल मण्डल २ सय २३ मत र दाउद हुसेनले १ सय ७३ मत प्राप्त गरेका छन ।
यसैबीच कोषाध्यक्ष अमरेन्द्र कुमार यादब ( अर्विन ) २ सय ३५ मत ल्याई बिजयीको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी अभिनय याादब, (निकु) २ सय १० मत प्राप्त गरेका छन ।
जसपा नेपाल सप्तरीको सोमबार सम्पन्न निर्वाचनको पदाधिकारीहरुको मतगणना सकिएको छ भने खुल्ला र समाबेशी सदस्य पदका उम्मेदवारहरुको मतगणना जारी रहेको छ ।
निर्वाचित ७ पदाधिकारी मध्ये उपाध्यक्ष हरेराम यादव र सचिब निरज कुमार झा उमेश प्यानलका हुन् भने अन्य ५ जना केदार प्यानलका हुन् ।
प्रकाशित मिति: २०२५-०८-०५ , समय : १३:५०:३५ , 6 hours अगाडि